१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

सुर्खेतमा जीप दुर्घटना हुदा एकको मृत्यु, ९ घाइते



सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ को रातानाङ्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको दुर्घटनामा मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएसपी रवि रावलले जानकारी दिएका छन्।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  २ : ३५ बजे