७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्री ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैं टीका लगाइदिने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम तय भएको छ। यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम निर्धारण गरिएको छ। त्यसपछिका दिनमा टीका लगाइदिने वा नदिने भन्नेबारेमा भने कुनै कार्यक्रम तय नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने बताइएको छ। दशैंको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने पनि अर्यालले जानकारी दिए।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  २ : ४० बजे