१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

युवती बलात्कारको आरोप लागेका निवर्तमान सभामुख प्रहरी नियन्त्रणमा



काठमाडौं ।
युवती बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले प्रहरीमा महराविरुद्ध लिखित उजुरी गरेकी थिईन् । शाहीको उजुरीसँग अदालतले प्रहरीलाई महरालाई पक्राउ गर्न आज (आईतबार) आदेश दिएको हो । प्रहरीमा दर्ता भएको किटान जाहेरीमा असोज १२ गते आइतबार राति महरा पीडित महिलाको कोठामा पुगेर जबरजस्ती करणीको प्रयास गरेको कुरा उल्लेख छ ।

महरालाई पक्राउ गरेसँगै प्रहरीले अब अनुसन्धान अघि बढाउनेछ । स्रोतका अनुसार प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ । त्यस्तै, पीडित महिला शाहीको कोठाबाट प्रमाणहरुपनि संकलन भैसकेका छन् । ती संकलित प्रमाणहरुको फोरेन्सिक जाँच पनि प्रहरीले सम्म गरिसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  ५ : १३ बजे