१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

वडाध्यक्ष पौडेलले दशैं भत्ता अनाथ बालबालिकालाई बाडेँ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेलले अनाथ बालबालिकालाई नगद सहयोग गर्नुभएको छ । वडाध्यक्ष पौडेलले नगरपालिकाबाट प्राप्त दशैं भत्तालाई अनाथ बालवालिकाको हितमा खर्च गर्नुभएको हो ।

कपिलवस्तु बाल गृहका अनाथ बालबालिकालाई रु. २५ हजार रुपैया सहयोग गरेको वडाध्यक्ष पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो ।

नगरपालिकाले जनप्रतिनिधिलाई दशैको भत्ता बाडे पछि चौतर्फि विरोध भएको थियो । तर, वडाध्यक्ष पौडेलको नाम लिष्टमा उल्लेख थिएन ।

यो पनि पढ्नुहोस

कपिलवस्तु नगरपालिकाले बाड्यो जनप्रतिनिधिलाई दशैंभत्ता, उप मेयर गुप्ताको विरोध

दशैमा भत्ता बाडेको भन्दै नगर उप प्रमुख लक्ष्मी गुप्ताले कडा आपत्ति जनाउनुभएको थियो । उहाँले आफुलाई दिएको भत्ता दशैं लगत्तै नगरपालिकामा फिर्ता गर्ने बताउनुभएको थियो । अरु जनप्रतिनिधिले भने भत्ता बापतको रकम स्विकार गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  ७ : ३७ बजे