२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दशैँ पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व -मुख्यमन्त्री पोख्रेल



बुटवल ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले विजया दशमीको अवसरमा शुभकामना दिनुभएको छ । मुख्य मन्त्रीको कार्यालयबाट आज जारी भएको शुभकामना सन्देशमा समस्त नेपालीहरुके सुस्वास्थ्य दीर्घायुको कामना गरिएको छ । उहाँले सन्देशमा दशैँ पारिवारिक मेलमिलाप,भातृत्व र स्नेहको पर्वको रुपमा रहेको हुँदा यसको परम्परा जोगाउनु नागरिकको कर्तव्य भएको उ्रल्लेख गर्नुभएको छ । देश विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीवहिनीको सुस्वास्थ्यको कामना गर्दै उहाँले अब मुलुकमा तीव्र विकास हुनेमा आशा राख्न आग्रह गर्नुभएको छ । प्रदेश सवृद्धिको दिसामा अघि बढेको उल्लेख गर्दै उहाँले नागरिकहरुले मुलुकमा दीर्घकालिन सुख, शान्ति र अमनचयन चाहेकाले त्यस अनुसार आफूहरु अघि बढेको सन्देशमा उल्लेख छ ।

बाँकी के छ त सन्देशमा ?

Image may contain: text

प्रकाशित मिति : २१ आश्विन २०७६ मंगलबार ००:००  ७ : ४४ बजे