२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आज विश्व हुलाक दिवस, सूचना र प्रविधिले हराँदै हुलाकको प्रयोग



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज विश्व हुलाक दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।
धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन्, आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटल हरु नभएके त्यतीबेलाको नेपालमा हलकारा अर्थात हुलाकीहरु लाई प्रथम ग्राहयता सहीत बसाइन्थ्यो । मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र प्रसा हरहिसाब गर्दा गर्दथे, सुस्तरि समाजको अवयवहरु परिवर्तन त भएको हो तर संरचना बिल्कुलै उस्तै छ । तर बढ्दो सूचना र प्रविधिका कारण पछिल्लो समय हुलाकको प्रचलनमा निकै कमी आएको छ । मानिसहरु सामाजिक संजालबाटै सूचना आदानप्रदानमा लाग्दा हुलाकको प्रयोगमा एकदमै कमी आएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७६ बुधबार ००:००  ६ : ३६ बजे