१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

साइला भाइ श्रममन्त्री विष्टको ९ वर्ष पछिको दशैँ कस्तो भयो होला ?



गुल्मी ।
श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले ९ वर्षपछि दसैंके टीका लगाउनु भएको छ । उहाँले ८९ वर्षीया आमा चिन्तकला बिष्टको हातबाट टीका लगाउनु भएको हो । दशैँको टिकाकै लागि मन्त्री बिष्ट सोमबार जन्मघर गुल्मीको इस्मा गाउँपालिका ४ दोहली बाझ पुग्नु भएको थियो । उहाँले मंगलबार दिनभर आफन्तबाट टीका लगाउनुका साथै कार्यकर्ताहरुलाई टीका लगाइदिनु भएको छ । उहाँले ले विभिन्न परिस्थितिले लामो समयपछि दसैंमा टीका लगाउन पाएकोमा खुशी लागेको बताउनु भयो ।

पाँच दाजुभाइ मध्येका साइला भाई मन्त्री बिष्टले आफ्नो दाजु इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट, माइलो दाजु नीर बहादुर बिष्टको हातबाट पनि टीका लगाउनु भएको छ । उहाँले नागरिकमा दसैंमा मात्रै नभएर वर्षभरनै खुशी ल्याउन सरकार गम्भीर ढङ्गले लागेको बताउनु भयो । दशैंको टिका लगाउन गुल्मी जानुभएका मन्त्री बिष्ट आज काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६ बुधबार ००:००  ७ : ०२ बजे