२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक



काठमाण्डौ ।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक परेको छ । क्यान्सरबाट पीडित रहेकी खनाल पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । सुचित्रा नेपालकै पहिलो महिला स्टक ब्रोकर पनि हुनुहुन्थ्यो ।
१५ महिना अघि स्तन क्यान्सर देखिएपछि उहाँको भारतको टाटा मेमोरियल र मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो । तर पछिल्लो २० दिनयता भने उहाँको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७६ बुधबार ००:००  ७ : ४९ बजे