८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापिदै



मायादेवी अनलाइन, वाणगंगा ।
टीकाको तेश्रो दिन अर्थात विहीबार असोज शुक्ल द्धादशी तिथि । दशैँको दिन टिका थाप्न छुटेका मानिसहरुले मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै छन् । दशमीको दिन परिवारबाट टिका र जमरा ग्रहण गरेकाहरु काजाग्रत पूर्णिमा सम्म कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।
बुधबारको एकादशी महात्मयको व्रत बसेकोहरुलाई सबेरै खाना अथवा फलाहार गर्न जरुरी हुन्छ । माता दुर्गाको महाप्रसादरूपी रातो अक्षता र हरीया पहेँला जमरा ग्रहणबाट सक्दो कोही नछुटुन, कसैको निधार खाली नहोस, आफ्ना अग्रजका आशिषका भावहरूले सबका मनमा एउटा उर्जा बनाइरहोस् भनेर दशैँ पछि पनि टिका थाप्ने चलन रहेको नेपाल पंचाग निर्णयक समितिले जनाएको छ ।
यो बर्षको दशैँको कोजाग्रत पूािर्णमा असोज २६ गते परेको छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ६ : ०७ बजे