२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

स्याङ्जा हत्या प्रकरणः हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ



स्याङ्जा ।
हरिनास गाउँपालिका–५ वलिकोटका २९ वर्षीय महेन्द्रबहादुर आलेको हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास ६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धर्म मानन्धर रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्लाका विभिन्न भागबाट नियन्त्रणमा लिइएको हो ।
बुधबार राति एक आपसमा झगडा पछि भएको कुटपिटबाट आलेको घटनास्थलमै ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नबिनकृष्ण भण्डारीका अनुसार घटनालगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जा, इलाका प्रहरी कार्यालय चिसापानी, इलाका प्रहरी कार्यालय रत्नपुरको प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ४ : १३ बजे