२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलवस्तुको भलवाड र चन्द्रौटामा आज ‘सरायें नाच’ निकालिदैं



मायादेवी अनलाइन, वाणगंगा । 

हिन्दूहरुको ठूलो चाड विजयादशमी अन्तर्गत शुक्रबार त्रयोदशीको दिन कपिलवस्तुको भलवाडमा रहेको दुर्गा मन्दिरमा पनि सरायें नाच निकालिने भएको छ । परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि आज सरायें नाच सुरु गरिने बताइएको छ ।

पूजाघरमा राखिएको फूलपाती बिर्सजनका लागि बाजागाजा सहितको टोली नजिकैको खोलामा सरायें खेली विर्सजन गर्ने वताईएको छ ।

यस्तै आज नै कपिलवस्तुको चन्द्रौटामा सरायें नाच र फूलपाती विसर्जन गरिने भएको छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा कपिलवस्तुका सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न चन्द्रौटाको दुर्गा भवानी मन्दिरमा सरायें नाचा र फूलपाती विसर्जन गरिने हाम्रा सहकर्मीले जनाएका छन ।

यता अर्घाखाँचीका कोठिया मैदान, डोहोटे लगायतका विभिन्न स्थानमा पनि आज सरायें नाच  निकालिदै छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ७ : ०८ बजे