२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आइतबार सार्वजनिक बिदा



काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसर स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शनिबारदेखि हुने भ्रमणको सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्य्विधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

सुरक्षामा काठमाडौंको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ९ : ५५ बजे