२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बेलायतमा नेपाली महिलाको हत्या



लन्डन ।
बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुराथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पोस्टमार्टम रिपोर्टमा उनलाई धेरै पटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे उनी बस्ने बर्थवल्म्यू स्ट्रिट हाइफिल्डमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आइपुग्दा फातिमाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।
इष्ट मिडल्याण्ड स्पेशनल अपरेसन्स युनिटका डिटेक्टिभ इन्सपेक्टर मार्क सिन्सकीले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले केही सूचना भए उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  १ : ३२ बजे