२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

सी काठमाडौं आउँदा साढे २ घण्टा विमानस्थल बन्द



काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने समयमा साढे दुई घण्टा विमानस्थल बन्द हुने भएको छ । विमानस्थलको नागरिक उड्डयन कार्यालयले भीभीआईपी मुभमेन्टका लागि भन्दै दिउँसो २ः५५ देखि ५ २५ सम्मका लागि ‘नोटिस टु एयरम्यान’ नोटाम जारी गरेको छ ।
आइतबार पनि सी फर्किने समयममा साढे २ घटाका लागि उडान अवतरण बन्द गरिने छ । आइतबार ११ः२० देखि १ः५० बजेसम्मका लागि नोटाम जारी भएको छ ।
नोटामले उडान तालिका प्रभावित भए पनि त्यसबाहेकको समयममा दुई दिन २४ घण्टा नै विमानस्थल सञ्चालनमा रहने कार्यालयले जनाएको छ । ट्याक्सी–वे को मर्मतका लागि केही समयदेखि विमानस्थल राति १० बजेबाट विहान ८ बजेसम्म बन्द गर्ने गरिएको छ ।
तर शनिबार र आइबतार भने नोटामबाहेक सबै समयममा विमानस्थल खुला रहनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  २ : ०२ बजे