काठमाण्डौ ।
नेपाल प्रहरीले १८ लाख ९२ हजार रुपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा शनिबार राति २ बजे पक्राउ गरिएको जानकारी दिनुभयो । ‘ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ’, उहाँले भन्नुभयो ।
प्रहरीले पक्राउ परेकासँग १८ लाख ९२ हजार रुपैयाँ नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
२६ आश्विन २०७६ आइतबार ००:००
0
Shares






प्रतिक्रिया