२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

तनहुँमा बस र जीप ठोक्किँदा चालकको मृत्यु



दमौली ।
तनहुँमा जीप र बस एकापसमा ठोकिँदा चालकको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका १ तल्लो गुणादीस्थित पृथ्वीराजमार्गमा नवलपरासीबाट पोखरा जाँदै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको जीप र पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किँदा जीप चालक घाइते भएका थिए।
घाइते नवलपरासी सरावल गाउँपालिका १ का २२ वर्षीय रमेश थारुको उपचारका क्रममा दमौली अस्पतालमा आइतबार बिहान मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। जीपमा चालक मात्र सवार थिए।
बसमा सवार यात्रु सकुशल रहेका छन्। बिहान साढे ७ बजे भएको दुर्घटना पछि केहीबेर राजमार्गको आगमन एकतर्फी भएपनि अहिले अवरोध हटेको डीएसपी लामिछानेले बताए।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  १० : ३७ बजे