२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

बसले कारलाई ठक्कर दिंँदा एकै परिवारका ५ जना घाइते



काठमाडौं ।
चितवनमा बसले कारलाई ठक्कर दिंँदा कारमा सवार एकै परिवारका ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भतपुर महानगरपालिका वडा नम्बर २९ अन्तर्गत सिमलतालमा नारायणगढबाट काठमाडौं तर्फ आउदै गरेको ना७ख १७७ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको बा १६ च ३५१८ नम्बरको कारलाई आज बिहान ८ बजे ठक्कर दिंदा कारमा सवार चालकसहित ५ जना घाइते भएका हुन्। घाइते सबै गैडाकोट – ५ का एकै परिवार रहेको बताईएको छ। उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  ११ : ०२ बजे