२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नालीमा डुबेर बालिकाको मृत्यु



विराटनगर ।
मोरङको उर्लावारी नगरपालिकामा एक बालिकाको नालीमा डुबेर मृत्यु भएको छ। सोमबार बिहान करिब ११ बजे उर्लाबारीको वानडाँडाका कुमार मगरको २ वर्षीया छोरी निर्जला मगरको घरछेउको नालामा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार स्थानीय व्यक्तिले नालामा बालिका डुबिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनालगत्तै प्रहरीको टोलीले बालिकालाई नालीबाट निकालेर अस्पताल लगेको थियो । प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार नालीमा डुबेकी बालिकाको अस्पताल पुग्ने बित्तिकै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  २ : १३ बजे