२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

महेशराज दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त



काठमाण्डौ ।
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त हुनुभएको छ । संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो । मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा राजीनामा दिनुभएको थियो ।
रिक्त रहेको अष्ट्रेलियाको राजदुत पदमा नियुक्त हुनुभएका महेश दाहाल नेकपाका अध्यक्ष प्रचण्डनिकट मानिनुहुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  ३ : २१ बजे