२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

बस र मोटरसाइकल ठोक्किँदा एक को मृत्यु



सिन्धुली ।
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर २, साँदीमा झापाबाट काठमाण्डौका लागि छुटेको मे १ ख ३१८२ नम्बरको बस र बा ६५ प ८५४८ नम्बरको मोटसाइकलमा ठोक्किँदा मोटरसाइकलका चालक उदयपुर त्रियुगा नगपािलका–२ का २८ वर्षका नवीन विसंखेको मृत्यु भएको हो । विसंखेलाई धुलिखेल अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०७६ बिहिबार ००:००  १२ : ३१ बजे