२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

साउदीमा तीर्थयात्री बोकेको बस दुर्घटना , ३५ जनाको मृत्यु



एजेन्सी ।
साउदी अरेबियामा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको ज्यान गएको हो । अन्य चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६ बिहिबार ००:००  १२ : ३९ बजे