२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

हेर्नुहोस आजको राशिफल



२०७६, कार्तिक १ गते शुक्रबार ।
मेष – दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ कडा प्रतिस्पर्धा गरिनेछ ।

वृष – दिन भाग्यवर्धक छ । समाजमा आफ्नो वर्चस्व कायम रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । मन रमाउनेछ ।

मिथुन – दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । सिर्जनात्मक काममा व्यवधान आउनसक्छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।

कर्कट – दिन सन्तोषजनक छ । आँटेको काम बन्नेछ । आयआर्जमा वृद्धि हुनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

सिंह – दिन अनुकूल छ । ओटको काममा सफलता मिल्नेछ । कृषिकार्यमा रूचि बढ्नेछ । सामाजिक सद्भाव प्राप्त हुनेछ ।

कन्या – दिन मध्यम छ । धर्मकर्म्तिर आस्था हराउनसक्छ । साथीभाइ बीचमा खटपट हुनसक्नेछ । होशियारपूर्वक काम गर्नु पर्ने देखिन्छ ।

तुला – दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

वृश्चिक – दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काम बन्नेछ ।

धनु – दिन उत्तम छ । आँटेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

मकर – दिन मध्यम छ । चिन्ताले सताउन सक्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ ।

कुम्भ – दिन प्रतिकूल छ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । सामाजिक काममा अपयश मिल्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

मीन – दिन सार्थक छ । नसोचेको धन सम्पत्ति हात लाग्न सक्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश कीर्ति मिल्नेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : १२ बजे