९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विमानस्थल तोडफोड अभियोगमा पक्राउ परेका सांसद साह तारेखमा रिहा



धनुषा ।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन्। सर्लाहीबाट निर्वा्चित प्रतिनिधिसभाका सांसद साहलाई शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशमा रिहा भएलगत्तै उनी जानकी मन्दिरमा पूजा गर्न पुगेका छन्। जहाज ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका हुन्।
काठमाडौं जान गत सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोंकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेर जनकपुर ल्याएर मुद्दा चलाएको थियो। सांसद साह रिहा भएपछि राजपाले धनुषा, सर्लाहीसहितका जिल्लामा आह्वान गरेको बन्दसहितका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  ३ : ५४ बजे