२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आज कपिलवस्तुसहित देशभरका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै



मायादेवी अनलाइन, वाणगंगा । 

आज र भोली दुई दिन देशभर बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा आज र भोली भिटामिन ‘ए’ खुवाउन लागिएको हो । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइन लागेको जनाइएको छ ।

दुई दिन लगाएर ६ महिनादेखि ५९ महिना सम्मको लागि भिटामिन ए र १२ देखि ५९ महिना सम्मको लागि जुकाको औषधी खुवाईने स्वास्थ्यकर्मी कमल ज्ञवालीले जानकारी दिनुभयो । कपिलवस्तुका सबै स्थानीय तहमा पनि यो कार्यक्रम हुने छ । बाणगंगाका पनि ११ वडामा महिला स्वास्थ्यकर्मीले यो कार्य गर्ने छन् ।

बाणगंगाको कोपवामा आज मेयर मंगल चौधरीले बालबालिकालाई भिटामिन खुवाएर कार्यक्रमको उद्घाटन हुने छ । यस्तै २ दिन बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुनछन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६ शनिबार ००:००  ७ : ५४ बजे