२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आज पनि देशभरका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै



मायादेवी अनलाइन, वाणगंगा ।
शनिबार खान छुटेका बालबालिकालाई आजपनि भिटामिन ‘ए’ खुवाईदै छ । शनिबार देखि सुरु भएको अभियानमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिइने छ ।
यस्तै कपिलवस्तुका सबै स्थानीय तहमा आजपनि यो अभियान सुरु हुने छ । हिजो खान छुटेकालाई आज स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वय्मसेविकाले खुवाउने छन् । नजिकको आफ्नो पायक पर्ने स्थानमा गएर बालबालिकालाई औषधि खुवाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । दुई दिन लगााएर बाणगंगा नगरपालिकामा करिब ८ हजार बालबालिकालाई औषधी खुवाइने स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ७ : ३७ बजे