४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्रपति भण्डारीको आजदेखि जापान भ्रमण, के छ कार्यक्रम ?



मायादेवी अनलाइन, कपिलवस्तु ।

राष्ट्रपति भण्डारीले आज (आइतबार) देखि कात्तिक ५ सम्म जापान भ्रमण गर्दै हुनहुन्छ ।  भमण्डारीहितको टोली म्यानमार भ्रमण सकेर त्यतैबाट जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जापान पुगेर राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ । जापान जाने टोलीमा गृह मन्त्री रामबहादुर थापासमेत सामेल हुनेछन् । त्यसका अतिरिक्त भण्डारीले त्यहाँका राष्ट्रप्रमुख लगायतसंगबाट बिभिन्न महत्वपूर्ण भेट गर्ने सम्भावना छ ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सामेल छन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच राजधानी नेपितमा भेटवार्ता भएको थियो ।

राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुची र कमान्डर इन चिफले पनि भेट गरेका थिए। राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीको उपस्थितिमा म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ८ : २१ बजे