४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आलम थप पाँच दिन हिरासतमा



रौतहट ।
बम विस्फोटमा परेर घाइतेसहित २३ जनालाई इँटा भट्टामा जिउँदै हालेर मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आफताव आलम थप पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । पहिलो पटक थपिएको म्याद सकिएपछि आइतवार पेश गरिएकोमा जिल्ला अदालत रौतहटले उनलाई थप पाँच दिन हिरासतमै राख्ने अनुमति दिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका आलमविरुद्ध पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोग लागेको छ । इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको समुहले ज्यान लिन सक्ने भन्दै त्रस्त रहेका बेला अदालतले थप अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ साविक राजपुर ४० स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा ४) का त्रिलोक प्रसाद सिंह पिन्टु ओसी अख्तरलाई इँटा बनाउने चिम्नी भट्टामा जिउँदै जलाएको आरोपमा कांग्रेसका संघीय सांसद आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ४ : ०३ बजे