४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी



ललितपुर ।
ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः ५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।
आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।
ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ४ : २४ बजे