१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ



काठमाण्डौ ।
काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।
पक्राउ परेकाको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ११ : ०९ बजे