४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिँचाइको विषयमा विवाद, एकको हत्या



वीरगञ्ज ।
खेतमा पानी सिँचाइको विषयलाई लिएर विवाद हुँदा लठ्ठी प्रहार गरि हत्या गरेको अभियोगमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिँचाइको विषयलाई लिएर विवाद हुँदा हत्या गरेर फरार रहेका कलैया उप महानगरपालिका वडा नम्बर १२ सितलपुर बस्ने मखन साह कानुलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका मखनसहित उनका छोराहरुले पानी सिँचाइ गरे वापतको पैसा माग्न गएका आफ्नै टोलका मनेजर साह कानुलाइ विवाद हुँदा लठ्ठी प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
२०७५ साल जेठ २३ गते बेलुकी भएको विवादको क्रममा मखन र उनका छोराहरूको कुटपिटबाट घाइते भएका मनेजरको २०७५ असार २४ गते उपचारको क्रममा न्युरो अस्पताल काठमाडौँमा मृत्यु भएको थियो। सोही बेलादेखि फरार रहका मखनलाइ जिल्ला प्रहरी कार्यालय बाराबाट गएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रन्जित सिंह राठोरले जानकारी दिए । कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार रहेका मखनलाई पक्राउ गरि जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशमा पुर्पक्षका लागि उनलाई वीरगञ्ज कारागार कार्यालयमा पठाइएको प्रवक्ता राठौरले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ११ : २० बजे