१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

जम्मू – कश्मीर आक्रमणमा दुई जना गोर्खा सैनिकको ज्यान गयो



एजेन्सी ।
आइतबार जम्मू कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको छ ।
आक्रमणमा परि एक जना नेपाली नागरिक र नेपाली मूलका एक जना भारतीय सैनिकको ज्यान गएको छ ।
गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् । ज्यान गुमाउने जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ ।
भारतीय सेनाका प्रधान सेनापति जनरल विपिन रावतले दुई जना सैनिकको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

गएको अगष्ट ५ मा जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत(पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  २ : १३ बजे