४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बसबाट यात्रुको नगद चोर्ने २ भारतीय युवती पक्राउ



भद्रपुर ।
बसबाट १ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले सोमबार चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दै गरेकी अर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया विमला रोक्का ९सार्की० को ब्यागबाट नगद १ लाख रुपैयाँ चोरी भएको थियो । चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ७ : २७ बजे