२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

डिभीले बढायो राहदानी बनाउनेको भीड



काठमाडौं ।
राहदानी विभागमा राहदानी बनाउने भीड अस्वभावित रुपमा बढेको छ । सोमबार आवेदनको संख्या करिब तीन हजार पुगेको छ । यसअघि दैनिक बढीमा ५०० आवेदन पर्दै आएको थियो । दशैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्याधिक वृद्धि भएको हो ।
त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । राहदानी बनाउन आउने अधिकांशको धारण छ, ‘अमेरिकी डिभीले गर्दा दुःख पाइयो ।
राहदानी नम्बर नभए डिभीको फारम स्वीकार हुँदैन रहेछ ।’ असोज १५ मा खुलेको डिभी २०२१ को कार्यक्रम कात्तिक १९ मा सकिन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६ मंगलबार ००:००  ७ : १६ बजे