२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सहमति पछि पशुपतिमा शव जलाउनेको आन्दोलन स्थगित



काठमाडौं ।
आन्दोलनमा उत्रिएका पशुपति आर्यघाट घाट सेवाका कर्मचारी र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएको छ ।
सहमति भएसँगै घाट सेवाका कर्मचारीले शव जलाउने लगायतका काम पुन सुचारु गर्ने सहमति भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले वार्तामार्फत समस्या समाधान भएको बताए ।
सेवासुविधा वृद्धिको माग राख्दै आन्दोलन उत्रिएका उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए ।
उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।
एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाउने विषयमा आन्दोलनरत पक्ष र पशुपति क्षेत्रविकास कोषबीच सहमति भएको छ ।
त्यस्तै अवकास पाउँदा उपदानवापत पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति भएको सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  २ : ०९ बजे