२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

विप्लव समूहको काभ्रेपलाञ्चोक जिल्ला सक्रेटरी पक्राउ



काभ्रेपलाञ्चोक ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बुधबार राति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ र्गयौँ’, उहाँले भन्नुभयो । ३२ वर्षीया थोकर भर्खरै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्चरअप्रेशन’का क्रममा काभ्रेपलाञ्चोकबाट विसं २०७५ चैत ९ गते बिहान विप्लव समूहका मध्य कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित ९ जना नेता तथा कार्यकर्तालाई काभ्रेपलाञ्चोक र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाण्डौतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६ बिहिबार ००:००  १० : १७ बजे