२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आलमलाई आठदिन थुनामा राख्न म्याद थप



रौतहट ।

रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले अनुसन्धानका लागि थुनामा राख्न शुक्रबार तेस्रो पटक ८ दिनको म्याद थप गरेको छ । ०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा घाइते भएका सर्बसाधारणरलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा उनी पक्राउ परेका थिए । रौतहट जिल्ला अदालतले  आलमलाई  आठ दिन थुनामा राख्न म्याद थप गरेको अदालत श्रेस्तेदार गुणराज पराजुलीले बताए । यस अघि उनलाई सात र पाँच दिनको म्याद थप गरिएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६ शुक्रबार ००:००  २ : ४८ बजे