१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

फुटवल लेजेण्ड रोनाल्डिन्हो पाराग्वेमा पक्राऊ



एजेन्सी ।

ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो पराग्वेमा पक्राउ गरेका छन् । नक्कली कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।रोनाल्डिन्होसँगै उनका भाइ रोबर्टो पनि पक्राउ परेको बताईएको छ ।

दुवैले पराग्वेको पासपोर्ट बोकेको कारण पक्राउ गरिएको बताईएको छ । पक्पराउपछि दुवैलाई रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको गोल डटकमले जनाएको छ ।रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पराग्वे पुगेको स्थानीय प्रहरीले बताएको छ ।

रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो । सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।फिफा प्लेयर अफ दि इयर, बालोन डीुओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  १२ : ४७ बजे