८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

रोनाल्डो पनि क्वारेन्टाइनमा, कोरोना आसंका



एजेन्सी ।
कोरोना भाइसरको महामारीका कारण खेल क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ। कोरोनाका कारण पोर्चुगिज स्टार खेलाडी रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै कोरोनाका कारण इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगलगायतका महत्वपूर्ण ठूला प्रतियोगिताहरु रोकिएका छन्। विश्वभरि नै विभिन्न कारण रोक्न नसकिएका खेलकुद प्रतियोगिताहरु पनि बन्द रंगशालमा दर्शकविना गर्न थालिएको छ। शीर्ष क्लबका खेलाडी तथा प्रशिक्षकहरुमै कोरोनाको संक्रमण देखिन थालेपछि विश्व खेलकुद थप चिन्तित बनेको छ। पछिल्लो पटक इङलिस प्रिमियर लिगको महारथी आर्सनलका प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसैगरी फुटबल क्लब आर्सनलका प्रबन्धक माइकल आर्टेटा र चेल्सीका खेलाडी क्यालुम हडसन ओडोइलाई पनि कोरोना भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६ शुक्रबार ००:००  १० : ०६ बजे