रेडियो   टिभी

कसरी सम्झाउने कोरोनाबारे बालबालिकालाई ?


काठमाडौँ ।
विश्वमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढिरहेको छ र यो संगै भाइरस सम्बन्धित गलत जानकारी पनि फैलिरहेको छ ।

झुटा सूचनाले बालबालिकामा पनि प्रभाव पारेको छ, ठुलो मानिसले गलत र सहि जानकारीको बीच फरक छुटाउन सकेपनि साना बालबालिकाले यसलाई छुट्याउन सक्दैनन् ।

साथै विभिन्न प्रकारको सनसनी खबरले सामजिक संजाल भरिएका छन् र यसले बालबालिकाको मनोविज्ञानमा ठुलो असर गरेको र गर्न सक्ने देखिन्छ ।

त्यसैले अहिले महामारी बनिरहेको कोरोना बारे बच्चाहरुलाई यस्तो प्रकारको जानकारी दिनुपर्छ जसले उनीहरु नडराई सबै कुरा राम्रोसँग बुझ्न सक्छन् ।

बच्चाहरुले यस्तो प्रश्न सोध्न सक्छन् – के म बिरामी पर्न सक्छु ?, के मेरो विद्यालय सधै बन्द हुन्छ ? के हजुरबा हजुरआमा मर्न सक्नुहुन्छ ?

प्यारेन्टिङ्गमा आधारित एक किताब, ‘व्हाट्स माई चाइल्ड थिंकिंग’ को बारेमा कन्सल्टेन्ट र क्लीनिकल मनोवैज्ञानिक डा. अंगहारात रडकिन भन्छिन्, ‘बच्चासंग कुरा गर्ने टोन निकै महत्वपुर्ण हुन्छ, डरलाग्दो कथाहरु मानिसलाई एक सीमासम्म मात्र मन पर्छ किनभने कोहि त्यसलाई धेरै सुन्न चाहदैनन् । आफ्नो बच्चालाई कोरोना भाइरसबाट जोगाउनको लागि उनीहरुलाई सजिलो भाषा र नरम आवाजमा सम्झाउनु पर्छ जस्तै कि, भाइरस कसरी फैलिन्छ, यसको खतरा कसरी कम गर्न सकिन्छ र साथै हात कसरी राम्रोसंग धुने जस्तो कुराहरु बिस्तारै सम्झाउनु पर्छ ।’

कोरोना भाइरसबाट स्वासप्रश्वास सम्बन्धि रोग लाग्ने र सुख्खा खोकी लाग्ने हुन्छ, करिब एक हप्ता पछि सास फेर्न अप्ठ्यारो हुन्छ र कतिपय बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

डाक्टरहरुको अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोकेको समय वा हाछ्यु गरेको समयमा निस्किएको छिट्टाबाट भाइरस संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

डा.रडकिन भन्छिन्, ‘बालबालिकालाई यस बारेमा कुरा गर्न निकै महत्वपूर्ण छ, उनीहरुलाई कसरी भाइरसबाट बच्ने जस्तै, खोक्दा वा हाछ्यु गर्दा रुमाल वा टिस्यू प्रयोग गर्ने र त्यलाई राम्रोसंग व्यवस्थित गर्ने र कसरी सर-सफाई गर्ने सम्बन्धि बताउन सकिन्छ ।’

उनी भन्छिन्, ‘जब कोरोना भाइरसको बारेमा बच्चासंग कुराकानी सकिए तुरुन्त यस्तो विषयमा कुराकानी गर्नुपर्छ जुन हल्का-फुल्का हुन्छ जस्तै कि के खाना खाने वा बेलुका खाना के बनाउ ? बेलुका हुने खेलमा को जित्छ ? ‘

आफ्नो जानकारी पुरा राख्ने

आमा-बुबाको अगाडी प्राय यस्तो स्थिति शृजना हुन्छ जसमा बच्चाको प्रश्नको उत्तर दिन गाह्रो हुन्छ जस्तै, युद्ध, आतंकवाद, जलवायु परिवर्तन, यौन शिक्षा आदि, आमा बुबा पुरै कोशिश गर्छन् कि उनीहरु यस्तो कुरा बालबालिकालाई सम्झाउन सकुन् ।

डा.रडकिन भन्छिन्, ‘किशोर अवस्थामा पुग्ने बच्चाहरु जोखिमको अनुमान गर्न सक्ने आफ्नो क्षमता विकसित गरिरहेका हुन्छन् त्यसैले उनीहरु कोरोना भाइरसको बारेमा कति चिन्तित छन् भन्ने बुझन महत्वपुर्ण हुन्छ । ‘

उनी भन्छिन्, ‘यो स्पष्ट छ कि सबै जनासँग सबै प्रश्नको उत्तर हुँदैन तर हाम्रो लागि निर्णय लिइरहेका मानिससँग सबै जानकारी हुनुपर्छ । ‘

‘आमा–बुबालाई कोरोना भाइरसको बारेमा पुरै जानकारी राख्नुपर्छ, सरकारबाट जारी गरिएको सबै सल्लाहको बारेमा जानकार हुनुपर्छ ।’

यदि छोरा-छोरीलाई संक्रमण भए उनीहरुको स्वास्थ्यको विषयमा कुनै जोखिम लिनु हुँदैन ।

कोरोना भाइरसको बरेमा राखिएको जानकारीमा वृद्ध मानिसमा उच्च जोखिम हुने र पहिलादेखि केहि दिर्घ रोगबाट ग्रसित मानिसमा खतरा हुने भनिएको हुँदा बच्चाहरुमा यस विषयमा चिन्ता बढिरहेको हुनसक्छ ।

सजिलो भाषा प्रयोग गर्ने

डा.अंगहारात रडकिन भन्छिन्, ‘हामी बच्चासँग सबै कुरा हसिलो अनुहार बनाएर, जिस्किदै गर्नुपर्ने हुन्छ, आफ्नो बच्चालाई विश्वास गराउन घरका बुढा मानिस पुरै ठिक छन् र आफु र परिवारलाई स्वास्थ्य राख्न हरेक कोशिश गर्ने कुरा बताउनुपर्छ ।’

बच्चामा कुनै पनि समस्या वा कठिन अवस्थाबाट बाहिर आउने र समाधान गर्ने क्षमताको वृद्धि भइरहेको हुन्छ र यस्तो अवस्थामा उनीहरुको उमेर अनुसार कुरा गर्नुपर्छ जस्तै, तीन वर्षको बच्चासंग कुरा गर्दा किशोर अवस्थाको बच्चासंग जस्तो कुरा गर्नु हुँदैन ।

उनीहरुलाई सजिलो भाषामा बोल्नुपर्छ र उनीहरुको कुरा पनि सुन्नुपर्छ र उनीहरुको सूचनाको श्रोतको बारेमा पनि ध्यान दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस