८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रियलका पूर्व अध्यक्षलाई कोरोनाले लियो ज्यान



एजेन्सी ।
स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल मड्रिडका पूर्व अध्यक्ष ७६ वर्षका सान्जको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए ।

सो अवधिमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन् । सन् २००० मा उनी अध्यक्षका लागि भएको चुनावमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६ आइतबार ००:००  ८ : ३६ बजे