१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

क्रिकेट खेल सुरुको संकेत, इङ्ग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल तालिका टुङ्गो



एजेन्सी ।
इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने ३ खेलको टेस्ट सिरिजको मिति टुङ्गो लगाएको छ । ८ जुलाईदेखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो ।

यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् ।

पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म ओल्ड ट्राफोड र तेस्रो २४ देखि २८ जुलाईसम्म ओल्ड ट्राफोडमा नै हुनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  १० : १७ बजे