१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रशिक्षणको क्रममा मेस्सीमा चोटको भारी



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड तथा कप्तान लियोनल मेस्सीले चोट बोकेका छन् ।मेस्सीले मंगलबार प्रशिक्षणको दौरान चोट बोकेको स्पेनिस मिडियाहरुले जनाएका छन् ।स्पेनको टिभी थ्रीले मेस्सीले दाहिने खुट्टामा चोट बोकेको र चोटको प्रकार बुझ्न एमआरआई गरिएको जनाएको छ ।

चोटको कारण मेस्सी बुधबारको प्रशिक्षणमा नआएको समेत जनाएको छ ।चोट बोकेसँगै मेस्सीले ला लिगा सुचारुपछि मालोर्कासँगको खेल गुमाउँन सक्ने बताईएको छ ।कोरोना भाईरसको कारण गत मार्चबाट स्थगित ला लिगा आगामी साताबाट सुचारु हुँदैछ ।

बार्सिलोनाले जुन १३ मा मालोर्कासँग खेल्नेछ ।यस सिजन बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ । बार्सिलोनाले लिगमा ११ खेल खेल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : २० बजे