८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रंगभेदबिरुद्धको आन्दोलनमा थ्री स्टारको ऐक्यवद्धता



काठमाण्डौँ ।
विश्वभर चर्किएको रंगभेदबिरुद्धको आन्दोलनमा ए डिभिजन क्लब थ्री स्टारले एक्यबद्धता जनाएको छ । थ्री स्टारले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत रंगभेदलाई रातो कार्ड लेख्दै विभेदबिरुद्धको विश्वब्यापी आन्दोलनमा एक्यबद्धता जनाएको हो । थ्री स्टारले सबै संगै हुदाँ बलियो हुने भन्दै कसैलाई पनि रंग र जातका आधारमा भेदभाव गर्न नहुने उल्लेख गरेको छ ।

‘फुटबलको माध्यमबाट हजारौ मानिस खेलाडी र क्लबसंग जोडिएका हुन्छ । हामीले दिएको सकारात्मक सन्देशले रंगभेदबिरुद्धको आन्दोनलमा सहयोग पुग्छ भनेर समर्थन गरेका हौ ।’ क्लबका कप्तान बिक्रम लामाले भने ।

अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीको क्रममा मृत्यु भएपछि विश्वब्यापी रुपमा रंगभेदबिरुद्धको अन्दोलन चर्किएको छ । रंगकै आधारमा प्रहरीको दमनबाट फ्लोयडले ज्यान गुमाउनुपरेको आन्दोलनमा उभिएका अधिकांशको दलील छ ।

युरोपका स्टार फुटबलरदेखि विभिन्न क्षेत्रमा सामाजिक पहिचान स्थापित गरेको ब्यक्तिहरुले आन्दोलनमा समर्थन गर्दै वर्ण र जातका आधारमा हुने विभेदको विरोध गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : २२ बजे