१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हेन्डरसन र डी ब्रुयनाले जर्सी लिलाम गर्ने



एजेन्सी ।
प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन र डी ब्रुयनाले आफ्नो जर्सी लिलाम गर्ने भएका छन् । विश्वभर महामारीका कारण फैलिएको कोरोना भाइरसका कारण असहज अवस्थामा भएका मानिसहरूको सहयोगका लागि जर्सी लिलाम गर्ने भएका हुन् ।

दुवै खेलाडीले जर्सी लिलाम गरेर खेलाडीहरूले नै खोलेको एनएचएस च्यारिटी टुगेदरमा जम्मा गर्ने भएका छन् । प्रिमियर लिग क्लबका खेलाडीहरूले गत मेमा नै यो फन्डको स्थापना गरेका थिए ।

खेलाडीहरूले नै स्थापना गरेको फन्डमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुई खेलाडीले आफ्नो जर्सी लिलाम गर्ने भएका हुन् । हेन्डरसनले आफ्नो टुइटरमा जर्सी लिलाम गर्न लागेको बताएका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  १२ : ५८ बजे