१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रोनाल्डो पहिलो विलिनियर फुटबलर



एजेन्सी ।
पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घातक गोलकर्तासँगै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक मानिन्छन् । विश्वभरका करोडौं मानिसहरूले उनलाई महान् फुटबलरको संज्ञा दिएका छन् र हुन् पनि ।

रोनाल्डो एक रहस्यमय खेलाडी हुन् । किनभने खेल दौरान उनको प्रदर्शन बुझ्‍न नसकिने हुन्छ । उनी मैदानमा खेललाई जुन सुकै परिस्थितिमा पनि उल्टाउँदै आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन् ।

रोनाल्डो बालोन डि’ओरमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा पछि परे पनि पहिलो विलिनियर फुटबलरको पहिलो स्थानमा रहेका छन् ।

अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सको रिपोर्टहरू अनुसार क्रिस्टियानो रोनाल्डो पहिलो विलिनियर फुटबलर बनेका छन् । क्रिस्टियानो रोनाल्डोको १०६ मिलियन डलरको कमाइले उनलाई विलिनियर फुटबलरको पहिलो स्थानमा राखेको छ । भर्खरै फोर्ब्स पत्रिकाले प्रकासित गरेको रिपोर्टका अनुसार २०१९ मा प्रत्येक फुटबल खेलाडीले आफ्नो कुल औसत आयको ९ प्रतिशत नोक्सानी भोग्‍नुपरेको उल्लेख गरेको छ ।

क्रिस्टियानो रोनाल्डो पनि युभेन्टसको तलब कटौतीमा सहमत भएका थिए । जहाँ उनी ६० मिलियन डकर तलब कमाइ गर्छन् । यसका बाबजुद पनि उनले मेस्सी र नेमारलाई पछाडि पारे । नेयमार पेरिस सेन्ट जर्मनमा ७० मिलियन डलर कमाई गर्दछन् ।

रोनाल्डो आफ्नो ब्रान्ड ‘सीआर सेभेन’, नाइके, हर्बलाइफ प्रायोजकहरू र विभिन्न अन्य क्षेत्रबाटसमेत कमाइ गर्छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  १२ : ५९ बजे