१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

वार्नर भित्र्याउन किन चाहन्छ चेल्सी ?



एजेन्सी ।
प्रिमियर लिग क्लब चेल्सी पल्छिल्लो समय लिगमा केही राम्रो लयमा छ । हाल चेल्सीलाई टिममा एउटा स्कोररको खाँचो छ । त्यस्तै अवस्थामा चेल्सीले पछिल्लो समय जर्मन स्टार टिमो वार्नरलाई अनुबन्धन गर्न खोजिरहेको छ ।

वार्नरलाई प्रिमियर लिग क्लब लिभरपुलले पनि अनुबन्ध गर्न खोजिरहेको थियो । तर, वार्नर अनुबन्धको कुरामा चेल्सी अघि देखिएको छ । चेल्सीले वार्नरलाई अनुबन्ध गर्ने लगभग पक्का छ ।

पछिल्लो समय बुन्डेस लिगा क्लब आरबी आइपेजिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका वार्नरलाई अनुबन्ध गर्ने कुरामा अग्रस्थानमा छ । चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले पनि वार्नरको अनुबन्धमा चासो देखाएका छन् ।

लाम्पार्डले कोरोना भाइरसको महामारी आउनुपूर्व क्लबमा एउटा स्कोररको खाँचो भएको बताएका थिए । वार्नरले यस सिजन मात्र लिगमा २५ गोल गरेका छन् ।

यसरी पछिल्लो समय लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी अनुबन्ध गरे चेल्सीलाई पनि फाइदा पुग्नेछ । चेल्सी यो सिजन च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । चेल्सी आफ्नो बाँकी रहेका लिग खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । त्यसैले चेल्सीलाई हाल क्लबमा एउटा स्कोररको खाँचो छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  १ : ०१ बजे