९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नवलपरासीमा थप २१ जनामा कोरोना पुष्टि



परासी ।
नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ जना नै सुनवल नगरपालिकाका बासिन्दा रहेका छन् ।
यो सहित जिल्लामा कोरोना पोजेटिभको संख्या ७२ पुगेको छ । सुनवल नगरपालिकाको क्वारेन्टिनमा बसेका १२८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएकोमा ५२ जनाको रिपोर्ट आउँदा २१ जनाको रिपोर्ट पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।
संक्रमण पुष्टि भएकामध्ये वडा नम्बर १ का ५ महिला र ३ पुरुष गरि ८ जना, वडा नम्बर ३ का २ जना पुरुष, वडा नम्बर ४ का २ जना पुरुष, वडा नम्बर ६ का १ जना पुरुष, वडा नम्बर ७ का ३ जना पुरुष, वडा नम्बर १२ का ३ जना पुरुष र वडा नम्बर १३ का २ जना पुरुष गरि जम्मा २१ जना रहेको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले बताए ।
उनका अनुसार संक्रमित सबै भारतबाट आएर वडास्तरीय सामुदायिक क्वारेन्टिनमा बसेका थिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  ३ : ४७ बजे