२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा पुनः सञ्चालन



दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रोकिएको स्वास्थ्य उपचार सेवा सोमबारदेखि सञ्चालनमा आएको छ। अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि दुई दिन बन्द भएको स्वास्थ्य सेवा सोमवारदेखि सञ्चालनमा आएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए।

अस्पतालाई सेनेटराइजिङ गर्न दुई सम्पूर्ण सेवा बन्द गरिएको हो। सोमबारदेखि आकस्मिक सेवा, मेडिसिन ओपिडी सेवा, इएनटी ओपीडी सेवा, छाला तथा यौन रोग ओपिडी, रेडियोलोजी, डेन्टल ओपिडी, फिजियो थेरापी, बाल रोग र माइनर ओटी सेवा सञ्चालनमा आएको देवले जानकारी दिए।

कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ। प्रतिष्ठानमा अहिलेसम्म चिकित्सक र स्वास्थ्यकर्मी गरी पाँचजनामा संक्रमण देखिएको छ।

संक्रमण देखिएपछि उनीहरुको सम्पर्कका आधारमा १२ जना चिकित्सक, ५१ जना स्वास्थ्यकर्मी र कर्मचारी गरी ६३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। प्रतिष्ठानमा कार्यरत रोल्पाका २५ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  १२ : ३१ बजे