२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अविरल वर्षाका कारण पहिरो गएपछि तम्घास-रिडी सडकखण्ड अवरुद्ध



गुल्मी ।
अविरल वर्षाका कारण पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकको सडक माथिवाट पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि एम्बुलेन्स लगायतका दुई दर्जनभन्दा बढी गाडी बीच बाटोमै अलपत्र परेका छन । अवरुद्ध सडकको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

गुल्मीमा गएको सातादेखिको लगातार वर्षाका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामिण सडकहरु समेत अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  २ : ०१ बजे