विष्णु कुमार आले, अर्घाखाँची ।
तीन दिनदेखि खोलाले बगाएर वेपत्ता भएका एक बालक मृत अवस्थामा भेटिएका छन् । यसरी मृत्यु हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–४ पटौटी निगाली निवासी सन्त बहादुर नेपालीको १३ बर्षीय छोरा पुजन नेपाली रहेको प्रहरीले जनाएको छ ।
घर नजिकै खोलापारी बारिमा आफ्नो माईली आमासंगै गएका पुजन खोला तर्न खोज्दा पटौटीको खहरे जुके खोलाले बगाउँदा उनी वेपत्ता भएका थिए ।
स्थानीय खहरे जुके खोलाले बगाएर वेपत्ता भएको ३ दिनपछि करिव ८ किलोमिटर तल पाणिनी–५ दुर्गाफाट खोलाको किनारमा जालि भित्र टाउको अड्किएको अवस्थामा स्थानीयले बालकको शव फेला पारेका थिए ।
अहिले शव सडिसकेकाले पोष्टमाट्म गर्न उपयुक्त नदेखिएको र अबिरल बर्षाका कारण ठाउँ ठाउँमा सडक भत्किएर सन्धिखर्क अस्पतालसम्म शव ल्याउन सक्ने अवस्था नभएकाले वडा अध्यक्ष, आफन्तजन र स्थानीयको रोहबरमा मुचुल्का बनाई सबलाई आफन्तको जिम्मा लगाईएको घटनास्थलबाट प्रहरी निरिक्षक राम नारायण गुप्ताले जानकारी दिए ।
शवलाई आजै त्रिबेणीमा लगेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । सुस्त मनोस्थिती आचरणकी उनको माईली आमासंगै खोला तरेर पारीबारीमा जान खोज्दा खोलाले बालकलाई बगाएको थियो ।
वेपत्ता बालकको खोजिमा खिदिमबाट २ जना, पालिबाट २ जना र सन्धिखर्कबाट प्रहरी निरिक्षक रामनारायण गुप्ताको नेतृत्वमा ६ जना गरी १० जनाको प्रहरीको टोली खटिएको थियो । वेपत्ता पुजनको तीनदिन देखि स्थानीय र प्रहरीले खोजि कार्य जारी राखेका थिए ।







प्रतिक्रिया